अमेरिकाले मिडल इस्टमा पठायो ७५० सेना

80

एजेन्सी / इराकस्थित अमेरिकी दूतावासमा भएको आक्रमणपछि अमेरिकाले मिडल इस्टमा ७५० सैनिक पठाएको छ।

मंगलबार अमेरिकी रक्षा मन्त्रालयका सचिव मार्क इस्परले इराकमा हालै भएको घटनापछि ७५० सैनिक पठाएको जानकारी दिएका छन्।

इस्परले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेशमा तत्काल प्रतिक्रिया बलबाट ७५० सेना पठाएको जनाएका छन्।

‘अमेरिकी अधिकारीहरूमाथि खतरा बढेको हुँदा सुरक्षा अपनाउन सेना खटाइएको हो,’ लिखित पत्रमा उनले लेखेका थिए।

राष्ट्रपति ट्रम्पले आक्रमणको जिम्मा इरानले लिनुपर्ने भन्दै ट्वीटरमा लेखेका थिए।

गत आइतबार इरानमा अमेरिकाले हवाई आक्रमण गरेको थियो, जसकारण २५ जनाले ज्यान गुमाएका थिए।

सोही रिसमा सोमबार प्रदर्शनकारीले अमेरिकी सेना फिर्ता पठाउन माग गर्दै राजदूतावासमा तोडफोड तथा आगजनी गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here