अहिलेसम्मकै सुनको मूल्य उच्च, प्रतितोला ७३ हजार ५ सय रूपैयाँमा कारोबार ?

152

काठमाडौं / हिजो अहिलेसम्मकै उच्च भएर नयाँ रेकर्ड बनाएको सुनको मूल्यमा आज बुधबार भने स्थिरता छाएको छ । आज पनि सुन हिजोकै मूल्य अर्थात प्रतितोला ७३ हजार ५ सय रूपैयाँमै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै आज तेजावी सुन प्रतितोला ७३ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

यता चाँदीको मूल्यमा भने आज थोरै गिरावट आएको छ । हिजो मंगलबार प्रतितोला ९ सय रुपैयाँमा कारोबार भएको चाँदिको मूल्य आज  १० रूपैयाँले घटेर प्रतितोला ८ सय ९० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here