काठमाडौं / नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्डले पार्टी फुटाउनुको रहस्य खोलेका छन् । उनले शान्ति प्रक्रियाको कुरा खोतल्दै सेना समायोजन र शान्ति स्थापनार्थका लागि पार्टी फुटेको जानकारी दिए ।
प्रचण्डले आफूलाई पार्टी भन्दा नेपाल र नेपालीको भविष्यले गर्दा पार्टी फुट्नु कुनै ठूलो कुरा नलागेको समेत अभिव्यक्ति दिएका छन् ।
१० वर्षे जनयुद्धको नेतृत्व गरेका प्रचण्डले पृथ्वीनारायण शाहबाट युद्धकला सिकेको जनाएका छन् ।
नेपाल भ्रमण वर्ष २०२० को अवसरमा सिन्धुलि पुगेका प्रचण्डले पृथ्वीनारायण शाहबाट युद्धकला सिकेको स्मरण गर्दै भने, मलाई माओबाट प्रेरित भएर माओबाट युद्ध कला सिकेको अनुमान गर्नु भएको होला । त्यस्तो होइन् । मैले नेपाली माटोको अध्ययन गर्दै पृथ्वीनारायण शाहबाट युद्ध कला सिकेको जनाए।
यस्तै उनले गौतम बुद्धबाट शान्तिको बाटो अपनाउने कुरा सिकेको दाबी गरेका छन् ।
सिन्धुलिगढीको इतिहाँससँगै सिन्धुली पर्यटककालागि नौलो गन्तव्य बन्ने समेत आशा व्यक्त गरे । सिन्धुलीको जुनार लगायतका कुरा ऐतिहासिक कुरा रहेको र यसलाई प्रवर्द्धन गर्नुपर्ने बेला आएको समेत जनाए।


















