गायिका गंगादेवीकाे ‘स्वनिगःया नेवाः’ बिमाेचन

212

काठमाडौं / नेपाल भाषामा चर्चित गायिका गंगादेवी महर्जनले नेपाल भाषाको नयाँ सिडी एल्बम ‘स्वनिगःया नेवाः’  एक कार्यक्रममा बिमोचन गरेकी छन् ।

गीतिसंग्रहको काठमाडौंकाे जमलस्थित नाच घरमा गत शनिबार एक समारोहबीच जनकवि दुर्गालाल श्रेष्ठ, काठमाडौं महानगपालिकाका मेयर विद्यासुन्दर शाक्य, संगीतकार दीपक जंगमलगायतले संयुक्त विमोचन गरेका थिए  ।

६ वटा गीत रहेको सिडी एल्बममा गीतको रचना नेपाल भाषाका लोककवि राजभाई जकःमीले गरेका हुन् । सबै गीतमा राजु सिंहको संगीत तथा जुगल डंगोलको संगीत संयोजन रहेको छ । निकै मिठाे शैलीमा गीतमा स्वर दिएकाे संगीतकार सिंहले जनाए ।

सिंहको पनि एकल संगीत रहेको यो पहिलो नेपाल भाषाको गीतिसंग्रह हो । आफूले विगतमा नेपाल भाषाका गीत फुटकर रूपमा संगीत गर्दै आए पनि संग्रहमै एकल संगीत गर्न यसपटक जुरेको संगीतकार राजु सिंहले जनाए ।

जनकवि दुर्गालाल श्रेष्ठले लोककवि राजभाईका गीत निकै राम्रा र झर्रा शैलीका हुने गरेको जनाए ।  सबै गीतले आ—आफ्नै विशेष महŒव बोकेको पनि उनले जिकिर गरे ।

गायिका गंगादेवी  नेपाली  भाषा र नेपाल भाषामा गीत गाउँदै आएता पनि नेवार समुदायका स्थापित गायिकाकाे रूपमा भएकाेले पुन नेपाल भाषाको गीतिसंग्रह ल्याएको जनाइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here