‘कसरी लामाे समयसम्म बाँच्ने’ बारे सिकाउँने क्रममा स्टेजमा ढलेपछि

158

एजेन्सी / चीनमा स्वास्थ्य सम्बन्धीको एक ‍कार्यक्रममा ‘लामो समय बाँच्ने’बारे सिकाउँदै गर्दैगर्दा उनी अचानक ढल्ने  क्रममा उनको मृत्यु भयो।

चिनियाँ स्वास्थ कम्पनीका अध्यक्ष चेन पेइवेन लामो उमेरसम्म कसरी बाँच्ने भन्ने जानकारी दिँदै थिए। घटना गत नोभेम्बर १७ तारिखका दिन फुजियन प्रान्तमा भएको एक कार्यक्रमको घटना हो।

उक्त कम्पनीले नै आयोजना गरेको कार्यक्रमको भिडिओ अहिले सार्वजनिक भएको छ। ६५ वर्षीय पेइवेन परम्परागत चिनियाँ औषधि बेच्ने कम्पनीका मालिक समेत थिए।

भिडिओमा उनी उभेर बोलिरहेको देख्न सकिन्छ। पोडियमतर्फ जाँदै गर्दा एकाएक उनी ढल्छन्। कम्पनीका सिइओ वु तियानरोङका अनुसार चेनको २० वर्ष अगाडि मुटुको शल्यक्रिया गरिएको थियो। उनका अनुसार डाक्टरले चेनलाई फेरि चाँडै शल्यक्रिया गर्न सुझाव दिएका थिए। तर यति छिटो यस्तो घटना घट्ने अपेक्षा समेत नगरेको वुको भनाइ छ। डाक्टरले उनको मृत्यु हृदयघातका कारण भएको पुष्टि गरेको छ।

उनको मृत्युपछि आफ्नै कम्पनीको औषधि खाएर सो घटना घटेको हल्ला समेत फैलिएको थियो। कम्पनीले सो आरोप भने अस्वीकार गरेको छ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here