अवैध लागूऔषध सहित पक्राउ

184

काठमाडौं / मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेबाट अवैध लागूऔषध गाँजा करिब २० केजी सहित राक्सिराङ गाउँपालिका-५ बस्ने ३५ वर्षीय राजकुमार मोक्तानलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरीले मनहरीबाट बीरगंजतर्फ जाँदै गरेको बा.५ ख ७२६८ नम्बरको ट्रक जाँच गर्ने क्रममा ट्रकमा सवार उनलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । साथै प्रहरीलाई देखी फरार भएका ट्रकका चालकको खोजी कार्य भइरहेको छ ।

यसैगरी मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेबाट अवैध लागूऔषध गाँजा करिब ३५ केजी सहित भारत मोतिहारी बस्ने ३७ वर्षीय दिलिप कुमार सिंह समेत ३ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरीले हेटौंडाबाट पथलैयातर्फ जाँदै गरेको डिएल ३ सिएक्यू ४१७२ नम्बरको कार जाँच गर्न खोज्दा नरोकी भाग्न खोजे पश्चात उक्त कारलाई नियन्त्रणमा लिई जाँच गर्दा सिटमुनी फल्स बटम बनाई राखेको उक्त परिमाणको लागूऔषध फेला पारी कारमा सवार उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

मोरङ, बिराटनगर महानगरपालिका-१२ स्थित आईतबारे चोकबाट लागूऔषध ब्राउनसुगर जस्तो पदार्थ करिब ३ ग्राम ५० मिलिग्राम सहित सोही महानगरपालिका-१५ बस्ने ३५ वर्षीय समीर मण्डललाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी बखरीबाट खटिएको प्रहरीले उनलाई उक्त परिमाणको पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here