एजेन्सी / हङकङको एक रेस्टुरेन्टमा अपरिचत व्यक्तिले दुईवटा पेट्रोल बम आक्रमण गरेका छन्।
मुकुन्डो लगाएका ती व्यक्तिले पेट्रोल बम आक्रमण गरेपछि उक्त रेस्टुरेन्टमा आगो लागेको एससीएमपीले जनाएको छ।
सोमबार बिहान २ बजेसम्म खुला रहेको रेस्टुरेन्टमा कालो कपडा र मुकुन्डो लगाएका व्यक्तिले बम आक्रमण गरेको रेस्टुरेन्ट सन्चालकले बताएका छन्।
स्पाइसगर्लस्थित साम सुको लाइ चि कक रोडमा रहेको रेस्टुरेन्टमा बम आक्रमण गरेपछि दुई व्यक्ति दौडिँदै भागेका थिए।
एक बम जलेको थियो भने अर्को बम नजलेको प्रहरीले जनाएका छन्। यस घटनामा कोही घाइते नभएको जनाइएको छ। प्रहरीले सीसीटीभीको आधारमा आक्रमणकारीको खोजी गरिरहेका छन्।
बम आक्रमण गरिनुको कारणबारे केही खुल्न सकेको छैन।

















