अष्ट्रेलियामा पर्यटनमन्त्री भट्टराईको नेतृत्वमा निकालिएको र्‍यालीलाई प्रहरीले रोक्यो

136

काठमाडौं /  नेपाल भ्रमण वर्ष–२०२० प्रवर्द्धन गर्न अष्ट्रेलिया पुगेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईको नेतृत्वमा सिड्नीमा निकालिएको र्‍यालीलाई त्यहाँको प्रहरीले रोकिदिएको छ।

भ्रमण वर्षको अन्तरराष्ट्रिय शुभारम्भ गर्न भन्दै निकालिएको र्‍यालीलाई  ओपराहाउस जान सहभागीको संख्या धेरै भएको भन्दै  रोकिदिएको हो ।

मन्त्री योगेश भट्टराईका साथ उद्घाटन कार्यक्रममा भने न्युसाउथवेल्सका सभामुख र सोहि राज्यका पूर्व मुख्यमन्त्री समेत सहभागी भएका थिए ।  नेपाल भ्रमण वर्षको अन्तर्राष्ट्रिय शुभारम्भ गरिँदै आज निकालिएको र्‍यालीको नेतृत्व मन्त्री भट्टराईले नै गरेका थिए, तर सिड्नी प्रहरीले रोकिदिएको त्यहाँ रहेका प्रवासी नेपालीहरुले जानकारी दिएका छन्।

सो र्‍यालीमा मन्त्री भट्टराईसँगै अष्ट्रेलियाका लागि नेपाली राजदूत महेशराज दाहाल, कन्सुलर दीपक खड्का र भिक्टोरियाका कन्सुलर चन्द्र योन्जन सहभागी थिए। प्रचारप्रसार र व्यवसायिक लाभका लागि अष्ट्रेलियाको कानुन मिचेर र्‍याली आयोजना गरिएको तथा त्यसमा सहभागीहरुको संख्या समेत धेरै रहेकाले रोकिएको खबरहरुमा उल्लेख छ।

आयोजकले ध्यान नदिएकाले र्‍याली  ओपरा हाउस तर्फ जान मात्र रोकिएको थियो।  व्यापक आगलागीका कारण यतिखेर अष्ट्रेलिया शोकमा छ। डढेलोका कारण त्यहाँ हालसम्म २५ जनाको मृत्यु भएको छ भने ६० करोड जीवनजन्तुको मृत्यु भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here