ढोका थुनेर पत्रकारहरूमाथि कुटपिट

76

काठमाडौं / जनकपुर उपमहानगरपालिकाको कार्यालयमा  मेयर लालकिशोर साहको कार्यकक्षमा ढोका थुनेर पत्रकारमाथि कुटपिट भएको छ ।

जानकी मन्दिरको जग्गा अतिक्रमणसम्बन्धी समाचारका लागि प्रतिक्रिया लिन पुगेका पत्रकारहरूलाई मेयर साहको कार्यकक्षमा ढोका थुनेर कुटपिट गरिएको हो ।

मेयर साहकै नेतृत्वमा पत्रकार महासंघका अध्यक्ष अनिल मिश्र, देशसञ्चार संवाददाता राजा झा, कान्तिपुर दैनिकका संवाददाता अमरकात्न ठाकुरसहित १२ जना पत्रकारहरुमाथि कुटपिट भएको हो।

कुटपिटबाट कान्तिपुर टीभीका संवाददाता ठाकुरलाई चोट लागेको छ। मेयर र उनका सहयोगीहरुले पत्रकारमाथि हेल्मेटले आक्रमण गरेका थिए। घटनापछि मेयर साहको कार्यकक्षबाहिर तनाव छ । पत्रकारहरूले एकजुट भएर विरोध जनाइरहेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here