वैशाख १२ रानीपोखरीको उद्घाटन गर्ने तयारी

170

काठमाडौं / रानीपोखरीको उद्घाटन आगामी वैशाख १२ मा हुने जनाएको छ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले रानीपोखरीको पुनर्निर्माण सम्पन्न गरी उद्घाटन गर्न लागेको हो ।  राष्ट्रिय सभाको ‘राष्ट्रिय सरोकार तथा समन्वय समिति’ ले सोमबार राखेको बैठकमा प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले वैशाख १२ मा उद्घाटन गर्ने गरी तीव्र रूपमा काम भइरहेको जनाएका छन् ।

रानीपोखरीको काम खाल्डामा गर्नुपर्ने भएकाले प्रगति भएजस्तो नदेखिए पनि द्रुत रूपमा भइरहेको उनले भने । सांसदहरूले रानीपोखरीको काम सुस्त भएको भन्दै प्राधिकरणसँग जवाफ मागेका थिए ।