वीरगञ्ज / नापी कार्यालय वीरगञ्ज पर्साका एक कर्मचारी घुससहित पक्राउ परेका छन् । अख्तियारले ७५ हजार घुससहित नापी कार्यालय वीरगञ्ज पर्सामा कार्यरत सर्वेक्षक रामनरेश पासवानलाई पक्राउ गरेको हो ।
अख्तियारका प्रहरी नायब उपरीक्षक केशव भट्टराईको नेतृत्वमा रहेको हेटौंडाको टोलीले वीरगञ्ज ९ रानिघाटस्थित नापी कार्यालय पर्सा अन्तर्गत २ नम्बर नापी टोलीको कार्यालयमा छापा मारेको थियो ।
सर्वेक्षक पासवानले आफ्नो जग्गा हाल साबिक गरी पुन नापी जग्गा धनी प्रमाण पुर्जा बनाइ दिने भनी सेवाग्राहीसँग ७५ हजार रकम लिइरहेको अवस्थामा रङ्गेहात पक्राउ गरेको प्रहरी नायब उपरीक्षक भट्टराईले बताउनुभयो । पक्राउ परेका सर्वेक्षक पासवानले कार्यालय समयपछि सेवाग्राहीलाई बोलाएर घुस लिएका थिए ।
घुससहित पासवानलाइ आवश्यक कार्वाहीका लागि सर्जमिन मुचुल्ला उठाइ आयोगको कार्यालय हेटौंडा लैजाने भट्टराईले जानकारी दिनुयभो ।












![संघीय संसद्मा महासचिव गुटेरेसले गरेको सम्बोधन [पूर्णपाठसहित]](https://swaviman.com/wp-content/uploads/2023/10/Untitled-15-218x150.jpg)





