आलोकनाथलाई पनि बलात्कारको आरोप

193

बलिउड अभिनेता आलोकनाथ दिक्षितलाई बलात्कारको आरोप लागेको छ । यो आरोप ८० देखि ९० को दशकमा टेलिभिजनकी चर्चित प्रोड्युसर तथा लेखक सोसल मिडियामा लामो पोस्ट लेख्दै लगाएकी छन् ।

उनले लेखेकी छन्, ‘मलाई पार्टीमा बोलाइएको थियो । उनकी पत्नी तथा मेरी बेस्ट फ्रेण्ड त्यतिखेर शहरबाहिर थिइन् । यो सधैं जस्तो सामान्य पार्टी थियो जसमा मेरा केही साथी र थिएटरससँग जोडिएका साथी थिए । यसकैकारण मैलें पार्टी जोइन गर्ने निधो गरेँ । पार्टीको दौरान मेरो ड्रिंक्समा केही मिलाइएको थियो । जसपछि मलाई केही अनौंठो अनुभव भइरहेको थियो । रातको करिब २ बजे म उनको घरबाट निक्लें । मलाई कसैले घर छोड्दिन्छु भनेनन् । यद्यपि म आफ्नो घरै बिर्सनेगरी बहोस् थिइनँ ।’

विंटाले अगाडि लेखिन्, ‘म त्यहाँबाट निस्किने बित्तिकै आलोक कार लिएर आए र मलाई घर छोड्दिन्छु भने । म उनलाई विश्वास गर्थे र उनको गाडिमा बसेँ । त्यसपछि मलाई ठीकसँग याद छैन के भयो भन्ने । तर, यति याद छ कि मलाई त्यहाँ कसैले जबरजस्ती मदिरा पियाइयो । जब दोस्रो दिन दिउँसो म उठ्दा मलाई दुखेको महसुस भयो । तबमात्र मलाई थाहा भयो कि ममाथि बलात्कार भएछ । ’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here