सञ्चार माध्यमले विचाराधीन मुद्दामा लेखेर न्यायलाई क्षति पुर्‍याइरहेको प्रधानन्यायाधीशको धारणा

366

काठमाडौं / प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले सञ्चार माध्यमहरुलाई अदालतमा केही कमजोरी देखिए बाहिर गएर भन्नुभन्दा आफूहरुलाई भन्न आग्रह गरेका छन् ।

मंगलबार संवैधानिक तथा न्यायिक पत्रकार मञ्चले दशैं, तिहार र छठ पर्वको अवसरमा आयोजित गरेको चियापान कार्यक्रममा प्रधानन्यायाधीश मिश्रले भने ‘हामीलाई गल्ती देख्नुहुन्छ भने बाहिर गएर भन्नुभन्दा हामीलाई आफै सम्पर्क गरेर भन्न सकियो’ । उनले सञ्चार माध्यमहरुले विचाराधीन मुद्दामा समाचार लेखिदिँदा अदालत, मानव अधिकार र न्यायलाईसमेत क्षति पुर्‍याइरहेको धारणा राखेका छन् ।

‘सबैभन्दा पहिले चेतनशील हुनुपर्ने कामचाहिँ हजुरहरुको काम छ’ उनले पत्रकारलाई सम्बोधन गर्दै भने ‘अलि हामीलाई अप्ठेरो पर्ने, मिडियाको जो हुन्छ, विचाराधीन मुद्दामा लेखिरहेका छन् । विचाराधीन मुद्दामा लेखरिहँदा अदालतलाई क्षति पुर्‍याइराखेको छ, मानव अधिकारलाई क्षति पुर्‍याइराखेको छ, न्यायलाई क्षति पुर्‍याइरहेको छ । त्यो कुराचाहिँ हुन दिनु हुँदैन ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here