जनताको चाहना भए संघीय संसदबाट फिर्ता

64

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले जनताको चाहना भए संघीय संसदबाट फिर्ता भई आन्दोलनलाई अघि बढाउने बताएका छन्।

आइतबारदेखि बसेको पार्टीको केन्द्रीय समितिको बैठकपछि मंगलबार निर्णय सुनाउने क्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्।

उनले तत्काल प्रदेशमा रहेका सदस्यहरु फिर्ता लिने कुनै निर्णय नगरेको स्पष्ट पार्दै आन्दोलन अघि बढ्दै गयो र जनताको चाहना भयो भने राप्रपा प्रदेशमा मात्र नभई प्रतिनिधि सभाबाट पनि फिर्ता भएर आन्दोलनलाई अझ सशक्त बनाएर अघि जाने बताए।

उनले समान विचारधारा राख्ने पार्टी, व्यक्ति, संघ संस्थालाई सहकार्यको लागि आह्वानसमेत गरे। समान धारा भएकाहरु मिलेर जानुको विकल्प नरहेको भन्दै अध्यक्ष लिङ्देनले एकले अर्काको खुट्टा तान्ने काम बन्द गर्न आग्रह गरे।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here