नेपाली बजारमा सुनको मूल्य घट्याे

46

काठमाडौं । साताकाे दोस्रो दिन आज (सोमबार) नेपाली बजारमा पहेँलो धातु (सुन)को मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेको हो।

तोलामा २०० रुपैयाँले घटेपछि सोमबार छापाल सुनको मूल्य प्रतितोला १ लाख ९ हजार रुपैयाँ कायम भएको छ। यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ८ हजार ५०० रुपैयाँ कायम भएको छ।

यसअघि आइतबार पनि सुनको मूल्य तोलामा ६०० रुपैयाँले घटेको थियो। आइतबार छापावाल सुन प्रतितोला १ लाख ९ हजार २०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ८ हजार ७०० रुपैयाँमा किनबेच भएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here