नख्खु खोला जग्गा मामलामा आफ्नो संलग्नता नभएको उपेन्द्र यादवको स्पष्टीकरण

271

काठमाडौं / समाजवादी पार्टीका केन्द्रीय समिति अध्यक्ष उपेन्द्र यादवले ‘दृष्टि साप्ताहिक’ र केही अनलाइन मिडियाहरुले राजनीतिक स्वार्थबाट प्रेरित भई आफ्नो चरित्र हत्या गर्ने समाचार लेखेको भन्दै उक्त समाचार सत्य नभएको दावी गरेका छन् ।

दृष्टि साप्ताहिकले केही समयअघि मात्र सरकारबाट बाहिरिएका अध्यक्ष यादवले ललितपुरस्थित नख्खु खोलाको जग्गा अतिक्रमण गरेको समाचार लेखेको छ ।

यादवले आज मंगलबार प्रेस विज्ञप्ती निकाल्दै उक्त समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेका छन् । साथै समाचार कपोकल्पित र निराधार भएको दावी गरेका छन् । दृष्टि साप्ताहिकले उक्त समाचार लेखेपछि समाजवादी पार्टी विरोधी अनलाइनहरुले उक्त समाचार साभार गरेका थिए ।

‘पत्रकारिताजस्तो मर्यादित् र गरिमामय जगतलाई नै बदनाम गर्ने र पीत पत्रकारिता गर्नु अन्यन्त घातक र घिनलाग्दो दुखद् कुरा हो,’ यादवले विज्ञप्तीमा  भनेका छन् —  ‘कुनै सत्यता नै नभएको आधारहिन असत्य र झुठा, कपोकल्पित एवं भ्रमात्मक तथा पूर्वाग्रही यस्ता समाचारहरुप्रति विश्वास नगर्न र भ्रममा नपर्न सम्पूर्ण जनसमुदायमा अनुरोध  गरिन्छ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here