निर्भया बलात्कार घटनाका दोषीहरूलाई ८ माघमा फासी

175

नयाँदिल्ली / नयाँदिल्लीमा आठ वर्ष पहिलेको सामूहिक बलात्कार घटनामा अदालतले दोषी ठहर गरेका चारै जनालाई दुई हप्तापछि मृत्युदण्डको सजाय दिइने भएको छ । पटियाला हाउस अदालतले ८ माघका लागि मुकेश सिंह, विनय शर्मा, पवन गुप्ता र अक्षय ठाकुरविरुद्ध ‘डेथ वारेन्ट’ जारी गरेको हो ।

१३ सेप्टेम्बर २०१३ मै घटनाका ६ आरोपीलाई अदालतले दोषी ठहर गरेको थियो । २०१४ मा दिल्ली उच्च अदालत र २०१७ मा सर्वोच्च अदालतले पनि मृत्युदण्डको सजायलाई निरन्तरता दिने फैसला ग¥यो । आरोपी मध्येका राम सिंहले २०१३ मै तिहाड जेलमा आत्महत्या गरेका थिए भने एक नाबालकलाई बालसुधार गृहमा पठाइएको छ । राम सिंहले चलाउने बसमा १६ डिसेम्भर २०१२ मा निर्भयामाथि बलात्कार भएको थियो ।

को हुन् निर्भया ?

१६ डिसेम्भर राती भारतको राजधानी नयाँ दिल्लीमा गुडिरहेको बसमा सामूहिक बलात्कारमा परेकी पीडितको नाम हो, निर्भया । उनको वास्तविक नाम गोप्य राख्न सञ्चारमाध्यमले यो नाम जुराएको थियो । २३ वर्षीय मेडिकल विद्यार्थीलाई सामूहिक बलात्कारपछि अपराधीहरूले सडकमा फालेका थिए । सख्त घाइते निर्भयाको उपचारका क्रममा २९ डिसेम्बरमा सिंगापुरमा मृत्यु भयो । त्यसपछि निर्भयालाई न्यायको माग गर्दै दिल्लीलगायत विभिन्न भागमा विरोध प्रदर्शन भयो । यो बहुचर्चित बलात्कार घटनापछि भारत सरकारले जस्टिस वर्मा समिति गठन गरेर महिला हिंसा विरुद्धको कानुनको समिक्षा गर्‍यो । र सन् २०१३ मा कानुन संशोधन गरेर बलात्कार जस्तो जघन्य अपराधमा मृत्युदण्डको सजायको व्यवस्था ग¥यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here