बँदेलको आक्रमणबाट मृत्यु भएकाे परिवारलाई १० लाख ५० हजार राहत

198
सिन्धुली / बँदेलको आक्रमणबाट मृत्यु भएका ३७ वर्षीय कृष्णबहादुर घिसिङको परिवारलाई राहत प्रदान गरिएको छ । गत भदौ १४ गते बारीमा बँदेल धपाउँदा आक्रमणमा परी मृत्यु भएका घिसिङको परिवारलाई राहतस्वरुप १० लाख ५० हजार दिइएको हो ।

डिभिजन वन कार्यालय मरिणले १० लाख र घ्याङलेख गाउँपालिकाले ५० हजार गरी कूल १० लाख ५० हजार प्रदान गरेको डिभिजन वन कार्यालय मरिणका डिभिजन प्रमुख लोकराज नेपालले जानकारी दिनुभयो ।

गाउँपालिका अध्यक्ष जगत भोलन तथा वडाध्यक्ष विष्णु कर्माचार्यको रोहवरमा मृतककी पत्नी लिलिमाया घिसिङलाई प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले रकम प्रदान गर्नुभएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here