‘तेश्रो अन्तरराष्ट्रिय फिल्म महोत्सव’ का लागि प्रकाश झा नेपाल आउँदै

165

काठमाडौं / फागुणको १ गतेदेखि ५ गतेसम्म काठमाडौंमा ‘तेश्रो नेपाल अन्तरराष्ट्रिय फिल्म महोत्सव’ आयोजना हुने भएको छ । नेपाल चलचित्र तथा सांकृतिक प्रतिष्ठानको आयोजनामा काठमाण्डौको राष्ट्रिय सभागृह र पर्यटन बोर्डको हलमा ५ दिनसम्म यो महोत्सव चल्नेछ ।

महोत्सवको अवधीधर ८० वटा चलचित्र प्रदर्शन गरिनेछ । जसमा १० अन्तरराष्ट्रिय कथानक चलचित्र , ३५ लघु चलचित्र , ५ नेपाली कथानक चलचित्र, १५ नेपाली लघु चलचित्र, ८ वृत्तचित्र र ६ एनिमेटेड चलचित्र छन् । ५५ देशबाट प्राप्त ६ सयभन्दा बढी चलचित्रबाट उत्कृष्ट ८० चलचित्र छानिएको हो ।

‘विश्वका कथाहरूको कथ्य उत्सव’ नारासहित ‘हुन लागेको महोत्सवमा यो वर्षदेखि एनिमेसन र वृत्तचित्रको विधा पनि थपिएको छ । महोत्सवमा कथानक चलचित्र, वृत्तचित्र तथा एनिमेटेड विधाका उत्कृष्ट चलचित्रलाई बेग्लाबेग्लै पुरस्कार प्रदान गरिनेछ ।

अन्तरराष्ट्रिय प्रतिस्पर्धा अन्तर्गत सर्वोत्कृष्ट कथानक चलचित्रलाई १ हजार ५ सय अमेरिकी डलरसहित गौतम बुद्ध अवार्ड, सर्वोत्कृष्ट वृत्तचित्रलाई १ हजार डलरसहित माउन्ट एभरेस्ट अवार्ड, सर्वोत्कृष्ट एनिमेटेड चलचित्रलाई ७५० डलरसहित मञ्जुश्री अवार्ड, सर्वोत्कृष्ट लघु चलचित्रलाई ५ सय डलरसहित वाग्मती अर्वाड प्रदान गरिने छ ।

महोत्सवमा प्रदर्शन हुनेमध्ये कथानक चलचित्रलाई बलिउड निर्देशक प्रकाश झा नेतृत्वको निर्णायक मण्डलले मूल्यांकन गर्नेछ । झालाई निर्णायक मण्डलमा गौरी मल्ल, मञ्जुकुमार श्रेष्ठ, पोर्जुगिज फिल्ममेकर जाओ पाओलो र सिंगापुरका फिल्ममेकर युनी हाडीले साथ दिनेछन् ।

नेपाली प्रतिस्पर्धा अन्तर्गत उत्कृष्ट कथानक चलचित्रलाई १ लाख रुपैयाँसहितको पुरस्कार र उत्कृष्ट लघु चलचित्रलाई ४० हजार रुपैयाँसहितको पुरस्कार प्रदान गरिनेछ । कथानक चलचित्रतर्फको विधामा उत्कृष्ट निर्देशक, लेखक, छायांकार, अभिनेता र अभिनेत्रीलाई ट्रफी प्रदान गरिनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here