पाँच लाख भारुसहित एक भारतीय पक्राउ

154

पर्सा / पर्साको बीरगंज महानगरपालिका १६ स्थित् भन्सार गेटबाट माघ २ गते एपीएफ टोलीले करीव पाँच लाख १७ हजार भारतीय रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ ।

एपीएफले जारी गरेको विज्ञप्तीअनुसार पक्राउ पर्नेमा भारतमा घर बताउने २९ वर्षिय सचिन भास्कर छन् । सशस्त्र प्रहरी बल नेपाल नम्बर–१४ गुल्म हेक्वा पर्साबाट खटिएको एपीएफ टोलीले उनलाई पक्राउ गरेको हो । निज भास्करले उक्त रकमको श्रोत खुलाउन नसकेपछि उनलाई पक्राउ गरिएको हो ।

एपीएफ टोलीले पक्राउ परेका भास्करलाई बरामद भारतीय रुपैयाँसहित आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here