रिस शान्त गर्ने उपायहरु

344

काठमाडौं  / मानिसलाई झनक्क रिस उठेको बेलामा केही न केही दुघर्टना भएका देखिन्छन्। कोही कुटपिटमै उत्रिँदा कानुनको पञ्जामा समेत पर्ने गरेका छन् भने कसैको सम्बन्ध नै चकनाचुर बनाउँछ रिसले। त्यसैले रिस उठेको समयमा केही रचनात्मक काम गरेर रिस शान्त बनाउन सकिन्छ।

मनको कुरा लेख्ने :  मनको आक्रोश शान्त बनाउने यो सबैभन्दा प्राचीन र स्वस्थ प्रक्रिया मानिन्छ। जसरी कवि र साहित्यकार आफ्नो मनको कुरा लेखेर व्यक्त गर्छन् त्यसरी नै अन्य व्यक्तिले पनि आफ्नो मनको कुरा लेखेर रिस शान्त बनाउन सक्छन्।

रिसाउँदा हाम्रो दिमागबाट यस्ता हर्मोनहरु बाहिर निस्कन्छन् कि त्यसले हाम्रो निर्णय क्षमतामै असर पार्छ। यस्तो अवस्थामा जब मनको बह लेख्न थालिन्छ बिस्तारै मानसिक अवस्थामा सुधार हुँदै आउँछ। पछि त्यही कुरा पढ्दा आफैंलाई रमाइलो पनि लाग्छ। कस्तो कुरामा कसरी प्रतिक्रिया जनाइयो भन्ने पनि जानकारी हुन्छ।

थोरै पानी पिउँने, पैदल हिँड्ने :  जब रिस उठ्छ त्यो बेला शरीरको तापक्रम बढ्छ। रक्तसञ्चारसँगै मुटुको धड्कन पनि बढ्छ। त्यसैले मुटुको रोगी र उच्च रक्तचाप भएकाहरुका लागि रिस जोखिमपूर्ण हुन्छ। त्यसैले रिस उठेको अवस्थामा शरीरको तापक्रम घटाउन तत्काल एक गिलास पानी पिउनु फाइदाजनक हुन्छ।

यसले शरीरको तापक्रम घटाउन सघाउँछ। लगत्तै ४-५ मिनेट पैदल हिँड्दा बिस्तारै मन शान्त हुँदै आउँछ र रिस हराउँछ। यस्तो गर्दा रिसको आवेगमा हुनसक्ने दुघर्टना पनि रोकियो स्वास्थ्यलाई फाइदा पनि भयो।

 ब्यायाम बस्ने  : रिस उठेको बेलामा कोही कोही एक्सरसाइज गर्न थाल्छन्। यो पनि राम्रो बानी हो। यो नकारात्मक धारणा बाहिर निकाल्ने राम्रो उपाय पनि हो। तर रिस उठेको बेलामा पौडि खेल्ने, कठिन एक्सरसाइज भने गर्नुहुन्न। ४-५ मिनेट लाइट एक्सरसाइज गर्दा शरीरको तापमान पनि कम हुन्छ र रिस पनि बिस्तारै हराउँदै जान्छ।

ध्यान बस्ने :  रिस उठेको बेलामा ध्यान गर्नु पनि राम्रो मानिन्छ। ध्यानले मानिसको चित्तलाई एकाग्र बनाइराख्न महत्वपूर्ण भूमिका खेल्छ। मनलाई कतै भड्किन दिँदैन‚ त्यसले गर्दा शारीरिक तथा मानसिक रुपमा तन्दुरुस्त रहन ठूलो मद्दत पुग्छ। यो मानसिक आवेगलाई नियन्त्रण गर्ने उपचारको विधिमध्ये ध्यानको भूमिका पनि एकदमै महत्वपूर्ण हुन्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here