बालुवाटारबाट बिदाइ भए निवर्तमान प्रधानमन्त्री ओली

138

काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली बालुवाटारबाट बिदाइ हुनुभएको छ । प्रधानमन्त्रीमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा नियुक्त हुनुभएपछि सरकारी निवास बालुवाटारबाट ओली बिदाइ हुनुभएको हो ।

नेकपा (एमाले) का अध्यक्षसमेत रहनुभएका ओलीले बिहान ११ बजे बिदाइ हुने समय तय भएपनि दुई घण्टा ढिलो गरी दिउँसो १ बजे बालुवाटारबाट बाहिरिनुभएको एमाले पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी गराए ।

अध्यक्ष ओलीलाई युवा सङ्घ नेपालका कार्यकर्ताहरुले स्कटिङ गरी बालुवाटारबाट बालकोट लग्नुभएको उहाँले  जनाउनु भयाे  ।

प्रधानमन्त्रीमा सभापति देउवालाई मङ्गलबार राष्ट्रपति विद्या भण्डारीले नियुक्त गर्नुभई पद तथा गोपनीयताको शपथ खुवाउनुभएको थियो । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नयाँ प्रधानमन्त्रीको बसाइ हुने भएपछि निवर्तमान प्रधानमन्त्री ओलीले बालुवाटार खाली गर्नुभएको हो ।

अध्यक्ष ओलीलाई बालुवाटारबाट बालकोटसम्म पु¥याउन युवा सङ्घका कार्यकर्ताले फोटो र व्यानरसहित बालकोट पु-याउनुभएको थियो । निवर्तमान प्रधानमन्त्री ओलीलाई बालुवाटारमा कर्मचारीहरुले बिदाइ गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here