घरायसी विवादका कारण आफ्नै आमालाई खुकुरी प्रहार गरी घाइते बनायाे

262

सुनसरी / सुनसरी जिल्लाको ईटहरी–२ हवाइ चोकमा एक युवकले आफ्नै आमालाई खुकुरी प्रहार गरी घाइते तुल्याएका छन् ।

१८ वर्षीय पारस कार्कीले बुधबार राति साढे १० बजे घरमै आमालाई खुकुरी प्रहार गरेका हुन् । खुकुरी प्रहारबाट उनी आमा ३६ वर्षीया कविता कार्की घाइते भएकी छन् । सामान्य घरायसी विवादमा पारसले आमालाई खुकुरी प्रहार गरेको  जनाइएकाे छ । खुकुरी प्रहारबाट कविताको शरीरको विभिन्न भागमा चोट लागेको छ । उनको नोबेल अस्पताल बिराटनगरमा उपचार भइरहेको ईलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ ।

खुकुरी प्रहार गर्ने पारसलाई खुकुरीसहित पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here