नेपाल भ्रष्टाचार विश्वव्यापी सूचकांकमा ११ माथि स्थान उक्लियो

183

काठमाडौं । नेपाल भ्रष्टाचारसम्बन्धी विश्वव्यापी सूचकांकमा ११ स्थान माथि उक्लिएको छ । यद्यपि, भ्रष्टाचार व्याप्त मुलुकको श्रेणीमा अझै कायमै छ ।

ट्रान्सपरेन्सी इन्टरनेशनलले सार्वजनिक गरेको सीपीआईमा नेपाल ११३ औं स्थानमा छ । विश्व बैङ्कसहित वटा संस्थाका सर्वेक्षणका आधारमा सीपीआई २०१९ मा नेपालले १०० मा ३४ अङ्क पाएको छ ।

अघिल्लो वर्ष २०१८ मा नेपाल ३१ अंकसहित १२४ औं स्थानमा थियो ।

सार्वजनिक पदको दुरुपयोगमा भ्रष्टाचार विरोधी निकायहरुको कारबाही, न्यायपालिकाका काम–कारबाही, कर असुली सम्बन्धित निर्णयहरू, सुरक्षा निकायहरु खासगरी नेपाली सेनामा सदाचारको पहल लगायत सार्वजनिक सरोकारका विषयमा नागरिक संस्थाको भूमिकाजस्ता कारणले नेपालको स्कोरमा केही सुधार आएको सर्वेक्षणले ईंकित गरेको देखिन्छ’ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले भनेको छ ।

तर सरकारको भ्रष्टाचार विरोधी प्रतिवद्धता अनुरुप कार्यान्वयन नहुनु, सार्वजनिक क्षेत्र र व्यापार व्यवसायमा भ्रष्टाचार र अधिकारको दुरुपयोग यथावत रहनु, सूचनामा नागरिकको पहुँचमा कमी हुनु, राज्य सञ्चालनमा सीमित समुहको पकड रहनु, राजनीतिक क्षेत्र भ्रष्टाचार नियन्त्रणमा गम्भीर नहुनुजस्ता दीर्घकालीन समस्याहरुमा सुधार नभएका कारण नेपाल भ्रष्टाचार व्याप्त रहेका मुलुकहरूको श्रेणीमै रहेको उसले बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here