भारतले पठाउने भयाे अन्तरिक्षमा रोबोट (भिडियो) सहित

181

एजेन्सी / भारतीय अन्तरिक्ष नियोग इसरोले सन् २०२० को डिसेम्बर महिनामा गगनयानमा मानवरहित मिसनअन्तर्गत मानव सदृश (हाफ ह्युमनोइड) व्योममित्र पठाउने भएको छ । यो महिला रोबोट गगनयानमा भारतीय अन्तरिक्षयात्रीहरूसँग जाने छैन ।

इसरो प्रमुख डा के सिवनले व्योममित्र अन्तरिक्षमा हुने गतिविधि र गगनयानको कार्यप्रणालीमाथि निगरानी गर्नका लागि पठाउन लागिएको बताए । अन्तरिक्षमा मानिसमाथि कस्तो असर पर्छ भन्ने जानकारी व्योममित्रले दिनेछ । अनि गगनयानको सम्पूर्ण प्रणालीले सही रूपमा काम गरेको नगरेको जानकारी पनि व्योममित्रले दिनेछ ।

व्योममित्र रोबोटको गोडा छैन । यसको कम्मरसम्मको भाग मात्र बनाइएको छ त्यसैले यो हाफ ह्युमनोइड हो ।
अन्तरिक्षयात्रीसहितको गगनयान पठाउनुअघि रोबोटलाई पठाउन लागिएको हो । यसले अन्तरिक्षयात्रीहरूसँग संवाद गर्ने, तिनीहरूलाई चिन्ने र तिनीहरूको प्रश्नको उत्तर दिने काम गर्छ ।

बुधवार बेंगलुरुमा आयोजित अन्तरिक्षयात्रा सम्बन्धी एक सेमिनारको उद्घाटन सत्रमा व्योममित्र नै आकर्षणको केन्द्र थियो ।

‘सबैलाई नमस्कार । म व्योममित्र हुँ र पहिलो मानवरहित गगनयानका लागि बनाइएको हुँ,’ रोबोटले आफ्नो परिचय दिँदै भन्यो ।

रोबोटसँग मोड्युल प्यारामिटरको निगरानी गर्ने, अन्तरिक्षयात्रीहरूलाई सचेत बनाउने र जिन्दगी बचाउने अपरेसनहरू गर्ने लगायतका क्षमता छन् । इसरो प्रमुख सिवनले मानिसका सबै गतिविधिलाई व्योममित्रले अनुकरण गर्ने जनाए ।

गगनयान मिसनअघि इसरोले दुईवटा मानवरहित मिसन पठाउनेछ । मानवसहितको मिसनका लागि चारजना भारतीय वायुसेनाका पाइलटहरूलाई शर्टलिस्ट गरिएको छ । उनीहरू अहिले रुसमा ११ महिनाको तालिम कार्यक्रममा भाग लिइरहेका छन् ।

https://youtu.be/WekQbCCtv5Q

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here