प्रदेशसभा सदस्य दीपक मना‌ङे पक्राउ

426

पोखरा  /  गण्डकी प्रदेशसभा सदस्य राजीव गुरुङ (दिपक मनाङे) पक्राउ परेका छन् ।  अखिल नेपाल फुटबल संघ (एन्फा) का कास्कीका अध्यक्ष मिलन गुरुङमाथि हातपात गरेको अभियोगमा गण्डकी प्रदेशका प्रदेशसभा सदस्य दीपक मनाङे भनिने राजीव गुरुङ पक्राउ परेका छन् ।

उनलाई पोखराको लेकसाइडबाट कास्की प्रहरीले पक्राउ गरेको हो । उनले बुधबार मनाङे विरुद्ध अभद्र व्यवहार गरेकाले कारबाही गरिपाऊँ भन्दै प्रहरीमा जाहेरी दरखास्त दिएका थिए । जाहेरीपश्चात जिल्ला अदालत कास्कीले बिहीबार मनाङेको नाममा पक्राउ पुर्जी जारी गरेको थियो । पुर्जी जारीलगत्तै प्रहरीले उनलाई पक्रेको हो ।

मनाङेले मंगलबार पोखराको भण्डारढिक रंगशालामा गण्डकी प्रदेशस्तरीय मुख्यमन्त्री कप लिग फुटबल प्रतियोगिताको उद्घाटन हुनुअघि मिलनमाथि हातपात गरेका थिए । मिलनले मनाङेविरुद्ध मुलुकी अपराध संहिता २०७४ को दफा ११८ अनुसार सार्वजनिकस्थलमा अभद्र व्यवहार गरेको भन्दै जाहेरी दरखास्त दिएका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here