कोरोना भाइरसका लक्ष्ण तथा बच्ने उपायहरू

358

एजेन्सी  / चीनमा अहिले  ‘कोरोना भाइरस’ले  त्रासदी फैलाएको छ । यस भाइरसबाट  कतिपय मानिसहरूकाे  मृत्यु समेत भइसकेको छ । हाल यस भाइरसबाट सैयौं मानिसहरू प्रभावित भएका छन् । भाइरसबाट थप क्षति नहोस् भनेर उच्च सर्तकता अपनाएको छ ।

यसभाइरस चीनको बुहानबाट सुरु भएर बेइजिङ, मकाउ, ताइवान हुँदै धेरैतिर फैलिदैछ । अमेरिका, अष्ट्रेलिया, थाइल्यान्ड, दक्षिण कोरियासम्म फैलिएको छ । भाइरस फैलिएपछि विश्वभरकै विमानस्थलमा सावधानी अपनाउन थालिएको छ ।

के हो त कोरोना भाइरस ?

जनवारबाट सर्ने एक रहस्यमयी भाइरस हो यो । यस भाइरस गत डिसेम्बरमा पत्ता लागेको थियो । कोरोना भाइरस विभिन्न प्रकारका छन् । यसअघि ६ प्रकारको भाइरस मात्र मान्छेमा संक्रमण हुन्छ भनिन्थ्यो । अहिले भने त्यसभन्दा फरक नयाँ प्रकारको कोरोना भाइरस फैलिएको हो ।

यसले मान्छेमा संक्रमण गर्ने क्षमता अरु कोरोना भाइरस भन्दा तिब्र एवं धेरै छ । स्वास्थ्य विशेषज्ञहरुले यो निकै भयानक रहेको  जनाइरहेका छन् ।

कसरी थाहा पाउने ?

जाडोको मौसम छ । यतिबेला रुघाखोकी लाग्नु सामान्य मानिन्छ । जबकी कोरोना भाइरसले संक्रमण गरिसकेपछिको सुरुवाती लक्षण पनि यस्तै हुन्छ । त्यसैले यसबाट कतिपय झुक्किन सक्छन् । रुघाखोकी जस्तै लागेपनि यो सामान्य रुपमा रहँदैन । त्यसपछि क्रमस उच्च ज्वरो आउँछ, टाउको दुख्छ, सास फेर्न गाह्रो हुन्छ । कतिपय अवस्थामा यसबाट मृत्यु समेत हुन्छ ।

यसको डरलाग्दो पक्ष के भने, यो भाइरस एउटा प्रजातिको जीवबाट अर्कोमा सजिलै सर्छ । यसरी सर्दैसर्दै मान्छेसम्म पुग्छ ।

यसरी  सुरक्षित  रहने ?

यस भाइरसबाट  सुरक्षित रहनु भनेको अहिलेको अवस्थामा सजग र सतर्क रहनु नै हो । रुघाखोकी लागेको व्यक्तिको सोझो सम्पर्कमा नरहने, भिडभाडमा सावधानी अपनाउने, सरसफाईमा विशेष ध्यान दिने नै हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here