बन्दागोभी सेवनबाट हुने फाइदाहरु यस्ता छन्

350

काठमाडौं / बन्दागोभी अहिल बजार या गाउँघरमा सजिलै पाइन्छ । सामान्य लाग्ने बन्दागोभीको सेबनले हाम्रो स्वास्थ्यलाई धेरै फाइदा पुर्याउछ । हाम्रो शरिरलाई स्वस्थ राख्न बन्दागोभीले धेरै सहयोग गर्छ ।

यसको नियमित सेवन गर्नाले स्तन क्यान्सर, पोस्टेट क्यान्सर देखि पेटका बिभिन्न समस्या समाधान हुन्छ । यसको सेबनले बिभिन्न क्यान्सर हुनबाट बचाउछ । यसको सेबन गर्नाले शरीरमा रोगप्रतिरोधात्मक क्षमतामा बृद्धि ल्याउँछ ।

यसको सेबनले रक्तचाप पनि नियन्त्रण गर्छ । यसमा पोटासियम प्रशस्त पाइन्छ । जसले रक्तवाहिनी नलीहरूलाई सुचारु राखी रगतको बहावलाई नियमित गराउछ । यसको सेबनले वजन पनि घट्छ । यसमा कार्बोहाइड्रेट र फ्याट कम तथा फाइबर बढी हुने हुनाले मोटोपन हुन दिदैन ।

यसमा पाइने लुपिओल, सिनिग्रिन र सल्फोराफेन जस्ता तत्वले क्यान्सरको जोखिम घटाउन सहयोग गर्छ । यसको नियमित सेवन गरेमा दिमाग तेजिलो हुन्छ । दिमाग स्वस्थ पनि बनाउछ । यसले बिर्सिने रोगसँग लड्ने क्षमता राख्छ । यसको सेबनले बाथ रोग, युरिक एसिड र छालासम्बन्धी रोग लाग्नबाट पनि बचाउछ । शरीरमा भएका बिभिन्न विकार फाल्न पनि यसले सहयोग गर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here