सिद्धार्थ बैंकद्वारा टिच फर नेपाललाई पाँच लाख सहयोग

81

काठमाडाैं / सिद्धार्थ बैंकले गत मंगलबार टिच फर नेपाललाई पाँच लाख सहयोग गरेको छ।

उक्त रकम बैंकको संचालक समितिका अध्यक्ष मनोजकुमार केडियाले सो संस्थाका प्रमुख कार्यकारी अधिकृत तथा सह-संस्थापक स्वस्तिका श्रेष्ठलाई एक समारोहकाबीच प्रदान गरेका हुन्।

बैंकले ग्रामिण जिल्लाका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्नका लागि आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त सहयोग हस्तान्तरण गरेका हुन् ।

उक्त रकम टिच फर नेपालले विभिन्न ग्रामिण जिल्लाका सार्वजनिक विद्यालयहरुमा गुणस्तरीय शिक्षा प्रदान गर्ने अभियान कार्यका लागि उपयोग गर्ने छ।

सिद्धार्थ बैंकले देशभर १८० वटा शाखा (४ एक्स्टेन्सन् काउन्टर सहित), १०१ शाखा रहित बैंकिङ्ग सेवा, २०० एटिएम र १ हजार ६ सय भन्दा बढी पिओएस मेसिन मार्फत् बैकिङ्ग सेवा प्रदान गर्दै आएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here