स्कुल बस दुर्घटना हुँदा एकको मृत्यु, ११ विद्यार्थी घाइते

213

मोरङ / मोरङ जिल्लाकाे रंगेलीमा कलेज बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

अाज  बिहान साढे ६ बजेतिर लर्डबुद्ध कलेजका विद्यार्थी बोकेको मे १ ख १४९० नम्बर बस  दुर्घटना भएको हो।

दुर्घटनामा सहचालकसमेत रहेका बसधनी विराटनगर-१५ का ३२ वर्षीय सानु साहको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

घनपालथान गाउँपालिका वडा नम्बर-४ रामचोकमा अनियन्त्रित भएर बस पल्टिँदा ११ जना विद्यार्थी घाइते छन्। उनीहरूको अवस्था सामान्य छ।

दुर्घटनापछि फरार रहेका बसका चालक विराटनगर १० का खिलबहादुर खड्का पक्राउ परेका छन्। बाक्लो हुस्सु लागेकोले विपरीत दिशाबाट आउँदै गरेको सवारी टाढैबाट देख्न नसक्दा बस अनियन्त्रित भई पल्टेको खड्काले प्रारम्भिक बयान दिएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here