गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङले राष्ट्रियसभा सदस्य निर्वाचनको लागि मतदान गरे

84

कास्की / गण्डकी प्रदेशमा मुख्यमन्त्री पृथ्वी सुव्वा गुरुङले राष्ट्रियसभा सदस्य निर्वाचनको लागि मतदान गरेका छन् ।

गण्डकी प्रदेशका मतदाताका लागि पोखरा महानगरपालिकामा कायम गरिएको निर्वाचन कार्यालय पुगेर मुख्यमन्त्री गुरुङले साढे १० बजे मतदान गरेका हुन्

५९ सदस्यीय राष्ट्रियसभाका एक तिहाइ अर्थात् १९ सांसद्को पदावधि यही फागुन २० मा समाप्त हुँदैछ । तीमध्ये बिहीबार १८ सिटका लागि मतदान हुँदैछ । गण्डकीप्रदेशमा २३० मतदाता छन् । टोटल ५ हजार नौ ४० मतभार रहेको गण्डकी प्रदेशमा प्रदेशसभा सदस्य ६० र स्थानीइ तहका प्रमुख तथा उपप्रमुख १७० जना रहेका छन् ।

राष्ट्रियसभा निर्वाचनका लागि स्थानीय तहको मतभार १८ र प्रदेश सभाको मतभार ४८ कायम गरिएको छ । गण्डकी प्रदेशमा नेकपाका नारायणकाजी श्रेष्ठसहित चुनावी प्रतिस्पर्धामा छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here