एजेन्सी / बुधबार राति पीएसजी र स्टेड रेम्स क्लबबीच फ्रेन्च लिग कपको सेमिफाइनलमा प्रतिस्पर्धा भएको थियो।
यद्यपी उनले गोल गर्ने प्रयासहरु भने गरे। खेल भइरहँदा एउटा यस्तो रोचक दृश्य देखियो जहाँ एमबाप्पेले हातले गोल गर्ने प्रयास गर्न खोज्छन्।
हातले बललाई हानेर एमबाप्पे गोल गर्न पनि सफल हुन्छन्। तर त्यो गोल अवैध भएकाले उनले पहेलो कार्ड पाउँछन्।
हाल एमबाप्पेको यस गोल सामाजिक सन्जालमा निकै चर्चाको विषय बनेको छ। कुनै बेला डिएगो म्याराडोनाले विश्वकप फाइनलमा वेलायतविरुद्ध हातले गोल हानेर विश्वकप जिताए।
उक्त गोललाई ‘ह्यान्ड अफ गड’ भनेर विश्वभरका फुटबल समर्थक सम्झन्छन्। एमबाप्पेको ह्यान्ड गोललाई भने नक्कली ह्यान्ड अफ गड भनेर हाँसोको विषय बनाइएको छ।
(भिडियो)


















