एक हप्तामै गोरो हुने मन भए, यस्तो छ घरेलु उपाय

274

गोरो र सुन्दर हुन हरेकलाई मन लाग्दछ । गोरो हुन हामीमध्ये धेरैले अनेकौं केमिकल र कस्मेटिक समाग्री प्रयोग गरिरहेका हुन्छौँ ।

तर घरमा अझ भनौँ भान्सामा भएका केही समाग्रीले पनि तपाईको अनुहारलाई फ्रेस र गोरो बनाउन मद्दत गर्छ ।

कागतीले छालाको रंग हल्का बनाउछ र छालाको गहिराइसम्म सफा गर्ने हुँदा गोरो हुन सहयोग गर्छ । अनि कागतीले अनुहारको दाग समेत हटाउँछ ।

कागतीको रसमा बेसन र काँक्रोको रस मिलाएर ३० मिनेट सम्म अनुहारमा राख्ने र सफा पानीले धूने गर्नाले तपाईको अनुहार चम्किलो पनि हुन्छ ।

काँचो दूधमा बेसार मिलाएर अनुहारमा लगाउनाले केही दिनमै छालाको सफाइ गर्ने र चमकदार बनाउने गर्छ ।

बेसनलाई दूध या दहीमा मिलाएर अलिकति बेसार हालेर छालामा लगाउँदा चमक ल्याउछ । यसमा कागती र टमाटर पनि मिलाएर प्रयो गर्न सकिन्छ ।

चंदनलाई पिसेर अथवा पेस्ट बनाएर अनुहारमा लगाउँदा फाइदा पुग्छ । यसले छालाको दाग धब्बा हटाइ गोरो बनाउछ ।

गुलावको पात र दूध मिलाएर बनाएको पेस्ट अनुहारमा लगाउनाले अनुहार चमकदार र सफा हुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here