ग्लोबल आइएमईले साइकल ¥याली तथा गोष्ठीको आयोजना गरे

80

काठमाडाैं / ग्लोबल आइएमई बैंकले आफ्नो तेह्रौं बार्षिकोत्सवको अवसरमा वित्तीय साक्षरताको लागि साइकल ¥याली तथा गोष्ठीको आयोजना गरेको छ ।

बैंकले शनिबार वित्तीय साक्षरता तथा नेपाल भ्रमण वर्ष २०२० कोप्रचार÷प्रसारसम्बन्धी विभिन्न सन्देश मुलक प्लेकार्डसहित कान्तिपथ शाखाबाट सुरु भई लैनचौर, सोह्रखुट्टे, छाउनी, हलचोक, इचंकुनारायण हँुदै रामकोट नागार्जुन स्थित श्री जनउद्धार मा. वि. सम्म साइकल ¥यालीको आयोजना गरेको छ ।

¥यालीमा १५० जनाभन्दा बढीको सहभागीता रहेको थियो । ¥याली समापन समारोहमा प्रमुख अतिथि नागार्जुन नगरपालिकाका मेयर श्री मोहन बस्नेत, जनउद्धार माध्यमिक विद्यालयका प्रधानाध्यापक श्री रवि खनाल, नागार्जुन नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष श्री महेश रिमाल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मुकुन्द खनाल तथा ग्लोबल आइएमई बैंकका नायव महाप्रबन्धक सुरेन्द्रराज रेग्मीलेबैंकिङ्ग साक्षरतासम्बन्धी मन्तब्य राख्नुभयो ।

सोही अबसरमा बैंकलेविद्यालयलाई १ थान हेभी ड्युटी फोटोकपी मेसिन र शैक्षिक सामाग्रीहरु प्रदान गरेको छ । नागार्जुन नगरपालिकाका मेयर श्री मोहन बस्नेत र बैंकका नायव महाप्रबन्धक सुरेन्द्रराज रेग्मीलेफोटोकपी मेसिन र शैक्षिक सामाग्रीहरु संयुक्त रुपमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मुकुन्द खनाल र प्रधानाध्यापक श्री रवि खनाललाई हस्तान्तरण गर्नुभएकोछ ।

यसै गरी शुक्रबार बैंकको डुम्रे शाखा मार्फत तनहूँ जिल्लाको भानु नगरपालिका फुस्रेटारस्थित श्री भानु संस्कृत माध्यमिक विद्यालयमा बैंकिङ्ग साक्षरता कार्यक्रम सम्पन्न गरिएको छ ।

भानु नगरपालिकाका मेयर श्री उदयराज गौलीको प्रमुख आतिथ्यमा सम्पन्न भएको उक्त कार्यक्रममा भानु नगरपालिकामा रहेका ७ विद्यालयका शिक्षकहरु र विद्यार्थी गरी करिब ३०० जनाको सहभागिता रहेको थियो ।

कार्यक्रममा जनरल बैंकिङ्ग तथा डिजिटल बैकिङ्ग गरी दुई वटा साक्षरता कक्षा संचालन गरिएको थियो । बैंकले नेपाल राष्ट्र बैंकको निर्देशन अनुरुप समय–समयमा वित्तीय साक्षरताका यस्ता कार्यक्रमहरु संचालन गरी स्थापनाकाल देखि नै सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर वित्तीय साक्षरता लगायत विभिन्न सामाजिक कार्यहरुमा गर्दै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here