मोरङको केराबारीमा बम विस्फोट

272

काठमाडौं / मोरङको केराबारी गाउँपालिका कार्यालयमा गएराति अज्ञात समूहले बम विस्फोट गराएको छ । गाउँपालिका कार्यालय अगाडि राखिएको बम भने शनिबार बिहानमात्रै डिस्पोज गरिएको छ ।

केराबारी गाउँपालिका–१० मा रहेको गाउँपालिका कार्यालयमा गएराति १० बजे बम विस्फोट भएको सोही गाउँपालिकाका अध्यक्ष रोहित कार्कीले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय, मोरङका डीएसपी लोकदर्शन थापाका अनुसार, विस्फोटबाट कार्यालयका कोठासँगै छिमेकका घरमासमेत क्षति पुगेको छ ।

त्यस्तै, गाउँपालिका कार्यालयनजिकै बम भेटिएको छ । कार्यालयबाट करिब ४० मिटर उत्तरतर्फ सडकमा बम भेटिएको हो । उक्त बम भने नेपाली सेनाको बम डिस्पोजल टोलीले शनिबार बिहान डिस्पोज गरेको डीएएसपी थापाले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here