एमसीसी विरुद्ध काठमाडौंमा विशाल प्रदर्शन

314

काठमाडौं / सरकारले अमेरिकी विकास परियोजना एमसीसीलाई संसदबाट पास गर्ने भनेपछि त्यासको नेपालमा चौतर्फि विरोध भईरहेको छ । आज काठमाडौंको माइतीघर मण्डलामा ‘एमसीसी सम्झौता खारेज गरौं, अमेरिकी फौजी कार्यक्रममा नेपाललाई सहभागी नगराऔं’ भन्ने नाराका साथ नेपालका विभिन्न राजनीतिक दलहरु र संघ सस्थाका नेतृत्व, साहित्यिक क्षेत्रमा चर्चित तथा सक्रिय व्यात्तिहरु, पेसागत र व्यावसायिक रुपमा नेतृत्व गरिरहेका नेतृत्वहरु, जन वर्गीय संघसंस्था, नागरिक समाज, उद्योग प्रतिष्ठान आदिसंग सम्बन्धित व्याक्तिहरुले एमसीसीको विरोधमा प्रदर्शन गरेका छन् ।

नेपालमा आफ्नो सेना प्रवेश गराएर चीनलाई घेर्ने योजनाका साथ अमेरिकाले हिन्द प्रसान्त रणनीतिको योजना अन्र्तगत एमसीसी सहयोग जबरजस्ती लाद्न खोजको भन्दै नेपालमा यसको चौतर्फि विरोध भईरहेको छ । यसैबीच पूर्वसभामुख कृष्णबहादुर महराले पनि अमेरिकाले नेपालमा अत्याधुनिक ड्रोन राखेर चीन र नेपाललाई निगरानी गर्ने तयारी गरेको थाहा पाएपछि आफुले एमसीसीलाई संसदमा टेबल नगरेको जनाएका छन् । एमसीसीका कतिपय प्रावधानहरुका कारणबाट नेपालले आफ्नो स्वतन्त्र राष्ट्रको हैसियत गुमाउने जानकारहरुले दावी गर्दै आएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here