२८५५ औं वर्ष स्वागत गरेर सोनाम ल्होसार मनाइँदै

362

२८५५ औं वर्ष स्वागत गरेर सोनाम ल्होसार मनाइँदै

काठमाडौं / तामाङ समुदायले सोनाम ल्होसार अर्थात् नयाँ वर्ष पर्व आज मनाउँदै छन् । मञ्जुश्री पात्रोअनुसार तामाङ समुदायले आज नयाँ वर्ष मनाउदै छ ।

मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ । आजैबाट सुँगुर वर्ष पूरा भई मुसा वर्ष सुरु हुँदैछ । मञ्जुश्री पात्रोअनुसार आजदेखि २८५५ औं वर्ष पूरा भएर २८५५ औं वर्ष सुरु हुन्छ ।

ल्होसारका १२ वटै वर्ष पशुपन्छीका नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धाताको धारणा छ ।

तामाङ जातिको बाहुल्यता रहेको वाग्मती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रूपमा मनाइन्छ । शनिबार मनाइने पर्वका अवसरमा वाग्मती प्रदेशले शुक्रबार नै प्रदेशभर सार्वजनिक बिदा दिएको थियो ।  आजै  नेपाल तामाङ घेदुङलगायत संस्थाले टुँडिखेलमा विशेष कार्यक्रमको आयोजना गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here