काठमाडौं / आइतबार बसेको संसद बैठकले सभामुखमा अग्निप्रसाद सापकोटालाई निर्विरोध निर्वाचित गरेको छ ।
प्रतिनिधिसभाको सभामुखमा सापकोटा निर्वाचित भएका हुन् ।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवार सापकोटालाई राष्ट्रिय जनता पार्टी (राजपा)का सांसद लक्ष्मण लाल कर्णले समर्थन गरेका थिए ।


















