कोरोना भाइरसविरुद्ध भ्याक्सिन बनाउने तयारी

224
एजेन्सी /  चीनका वैज्ञानिकहरु कोरोना भाइरसविरुद्धको भ्याक्सिन बनाउन  लागेका  छन् । कोरोना भाइरसका कारण चीनमा हालसम्म ५६ जनाले ज्यान गुमाइसकेका छन् । त्यसैगरी चीनका अधिकांश सहरहरुमा आवतजावतमा रोक लगाइएको छ । 

चाइनिज सेन्टर फर डिजिज कन्ट्रोल एन्र८ प्रिभेन्सन (सीडीसी) ले आइतबार अनुसन्धानकर्ताहरु यो अन्य भाइरसबाट अलग गरेर भाइरसको नमुना छुट्याइरहेका छन् । सीडीसीका निर्देशक सु वेन्बोले सञ्‍चारकर्मीसँग भने, ‘अनुसन्धानकर्ताहरुले वुहानबाट जनवरी २ मा पठाइएका चार नमुनाबाट रोगजन्य भाइरसको पहचानका लागि उच्चस्तरीय आनुवांशिक सिक्वेन्स पहिचानको काम भइरहेको छ ।’

त्यसैगरी चीनले कोरोना संक्रमितलाई छुट्टै राखेर उपचार गर्न १० दिनमै हजार शय्याको अस्पताल बनाउने काम अघि बढाएको छ । वुहान प्रान्तमा दशौं लाख मानिसलाई बाहिर जान दिइएको छैन ।  यद्पि अमेरिका, फ्रान्स र रुसले आफ्ना नागरिकलाई स्वदेश फर्काउने पहल गरिरहेका छन् । अन्य मुलुकहरुले पनि क्वारेन्टाइनमा कडाइ गर्ने र सीमा क्षेत्रमा स्वास्थ्य जाँचलाई कडा बनाएका छन् ।

चीनमा अहिलेसम्म २ हजार २९ संक्रमित छन् भने हङकङमा ६, मकाउमा ५, ताइवानमा ३ र अन्य एसियाली मुलुकमा २४, युरोपमा ३, उत्तरी अमेरिकामा ३, अस्ट्रेलियामा ४ संक्रमित छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here