रहस्यको पैदा गर्ने पत्थरको नदी

80

एजेन्सी / नदी भन्ने बित्तिकै पानी  त अपरिहार्य तत्व नै हो । नदीमा पानीसँगै ढुंगाहरू पनि हुनु सामान्य हो । तर यो  संसारमा  एउटा यस्तो नदी पनि रहेकाे छ, जसमा पानी होइन केवल ढुंगाले बनेको छ ।

यस पत्थरको नदीमा असंख्य ढुंगाहरू छन् । ढुंगाका टुक्राहरू यसरी टाढासम्म फैलिएका छन् कि त्यो नदी जस्तै लाग्दछ । तर टाढाबाट हेर्दा बगेको नदीको बगर जस्तै देखिने त्यहाँ पानीको कुनै अंश छैन ।

यो रहस्यमय ढुंगे नदी रुसमा छ । वैज्ञानिकहरूका लागि यो अहिलेसम्म पनि रहस्यको विषय बनिरहेको छ ।

प्रकृतिको यो अद्भूत ठाउँलाई स्टोन रिभरको नामले चिनिन्छ । विशाल नदी सुकेर ढुगामात्र बाँकी रहेकोजस्तो देखिने त्यस क्षेत्रमा ६ किलोमिटरसम्म ढुंगै ढुंगा थुप्रिएका छन् ।

ढुंगेनदी २० मिटरदेखि ७ सय मिटरसम्म चौडा रहेको छ । ढुंगाको आकार स–सानादेखि १० टनसम्मका रहेका छन् ।

त्यस ठाउँमा त्यतिधेरै ढुंगाहरू कहाँबाट आएर थुप्रिएका होलान् र कसरी त्यसले एउटा नदीको धारजस्तै स्वरूप लिए होला रु यो प्रश्नको जवाफ अहिलेसम्म भेटिएको छैन ।

कतिपय वैज्ञानिकहरूले चाहिँ १० हजार वर्ष पहिले हिमनदी विस्फोट भएर बगेको पानीले ढुंगाहरू त्यसरी थुपारेको हुनसक्ने विश्वास गर्दछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here