नवनियुक्त सभामुख र चिनियाँ राजदूत बीच शिष्टाचार भेटवार्त

213

काठमाडौं /  नवनियुक्त सभामुख अग्निप्रसाद सापकोटा र र नेपालका लागि चिनियाँ राजदूत हउ यान्छीबीच शिष्टाचार भेटवार्त भएको छ ।  सभामुख सापकोटालाई भेट्न राजदूत यान्छी सोमबार दिउँसो सिंहदरबार पुग्नुभएको हो ।

सोमबार मात्रै सभामुखको सथप ग्रहण गर्नुभएका सापकोटालाई भेट्न सिंहदरबार पुग्नुभएका राजदूत यान्छीले सापकोटासँग  सभामुखको कार्यकक्षमा आधा घण्टा भेटवार्ता भएको हो।  राजदूत यान्छीले सभामुख सापकोटालाई बधाइ तथा सफल कार्यकालको शुभकामना दिनुभएको छ ।

सभामुख सापकोटाले शुभकामनाका लागि धन्यवाद दिँदै नेपाल र चीनबीचको सरकार–सरकार, जनस्तर  र संसदबीचको सम्बन्ध भोलिका दिनमा अझै प्रगाढ हुने विश्वास व्यक्त गरे । विगतमा पनि नेपालको संसद र चिनियाँ जनकंग्रेसका बीचमा सम्बन्ध रहीआएको प्रसंग उल्लेख गर्दै दुवै देशका संसदीय मैत्री समूहका माध्यमबाट सम्बन्ध अझै बिस्तार गर्ने विश्वास दिलाए ।

नवनियुक्त सभामुख सापकोटालाई भेटेरै शुभकामना दिने चिनियाँ राजदूत यान्छी नेपालस्थित कुटनीतिक नियोगको पहिलो व्यक्ति हुनुहुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here