संक्रमित बढेपछि सिसिएमसीको बैठक साँझ बस्दै

90

काठमाडाैं –  काेराेना भाइरस कोभिड-१९ संकट व्यस्थापन केन्द्र (सिसिएमसी) निर्देशक समितिको बैठक आज बस्दैछ।

कोरोना भाइरसको संक्रमण बढेसँगै आगामी रणनीतिबारे छलफल गर्न सिसिएमसीको बैठक बस्न लागेको हो। सिसिएमसीको बैठक साँझ ५ बजे सिंहदरबारमा बस्न लागेको हो।

संक्रमण देखिएको ठाउँमा लकडाउन, सिल गर्नका लागि योजना बनाउनेबारे छलफल हुने सिसिएमसी स्रोतले  जनायाे ।

सरकारले एकमुष्ट रूपमा लकडाउन नगरे पनि स्थानीय तह र जिल्ला प्रशासनहरूले आवश्यकताका आधारमा निषेधाज्ञा र लकडाउन गरिरहेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here