पोखरामा आज रातिदेखि निषेधाज्ञा जारी

166
 कास्की –  पोखरा महानगरपालिकासहित कास्की जिल्लाभरि मंगलबार रातिदेखि लागु हुने गरी निषेधाज्ञा जारी भएको छ। 

प्रशासनले जारी गरेको निषेधाज्ञा मंगलबार राति १२ बजेदेखि सुरू भएर ७ गते राति १२ बजेसम्म रहने जनाएको छ।  कोरोना संक्रमितको संख्या बढ्दै गएपछि आइतबार सर्वपक्षीय बैठक बसेको थियो।

महानगरमा रहेका राजनीतिक दलका नेतादेखि विज्ञले कोरोना नियन्त्रण गर्न ‘कर्फ्यु’ सम्म लगाउनु पर्ने धारणा राखे।  बैठकमा पाएको सुझाव अनुसार नै महानगरका उपमेयर मञ्जुदेवी गुरुङको संयोजकत्वमा रहेको कोरोना रोकथाम समितिले सोमबार महानगरमा निषेधाज्ञा जारी गर्न प्रदेश सरकार र जिल्ला प्रशासन कार्यालयमा सिफारिस गर्‍यो। सिफारिसमा कोरोना रोकथाम गर्न सोमबारदेखि रातिदेखि नै निषेधाज्ञा जारी गर्न आग्रह गरिएको थियो। सोमरबार साँझ गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको संयोजकत्वमा रहेको प्रदेश स्तरीय कोरोना रोकथाम केन्द्रको बैठकले लकडाउन गर्ने जिम्मा अवस्था हेरेर जिल्ला प्रशासनले गर्ने निर्णय गर्‍यो। महानगरको सिफारिस अनुसार मंगलबार बिहान बसेको बैठकले पोखरासहित कास्की जिल्लाभर निषेधाज्ञा जारी गर्ने निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले जनाए ।

‘महानगरको सिफारिस अनुसार नै पाँच दिनका लागि निषेधाज्ञा जारी गरिएको छ,’ उनले भने, ‘यस अवधिमा अत्यावश्यकबाहेक अरू गतिविधि नगर्न आग्रह गरिएको छ।’  नजिकिँदै गरेको चाडपर्वका अवसरमा हुने जमघट र कार्यक्रमहरू गर्न नदिनसमेत रोक लगाउने भएको छ। नजिकिँदै गरेको कुशे औंशी अर्थात् बुबाको मुख हेर्ने दिन, ऋषि पञ्चमी, तीजलगायत चाडपर्व मनाउन मानिसकको आवत जावत रोक्न पनि निषेधाज्ञा जारी गर्नुपर्ने अवस्था आएको प्रशासनले जनाएको छ।

पोखरा महानगरमा कोरोना संक्रमितको संख्या २१९ जना पुगेको छ भने अझै ९० जना क्वारेन्टिनमा छन्। यस्तै पोखरामा ४ जना संक्रमितको मृत्यु भइसकेका छन्। जसमा पोखरा नै घर भएका मृतक संक्रमित १ जना मात्र रहेको पोखरा महानगरका स्वास्थ्य अधिकृत हरिलाल आचार्यले जनाए का छन्।   ‘महानगरको सिफारिस अनुसार नै एक साताका लागि निषेधाज्ञा जारी गरिएको छ,’ उनले भने, ‘यस अवधिमा अत्यावश्यकबाहेक अरू गतिविधि नगर्न आग्रह गरिएको छ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here