काठमाडाैं / जिल्ला पर्सा विरगंज म.न.पा. वडा नं. १५ स्थायी वतन भई जिल्ला ललितपुर, ललितपुर उप – महानगरपालिका वडा नं. ३ धोबिघाट स्थित जय प्रकाश अग्रवालको निर्माणाधिन घरमा घर कुर्नको निमित्त बसेका वर्ष ३० को सुरेश कुमार साह कानुलाई सँगै काम गर्ने आफ्नै साथी जिल्ला पर्सा विरगंज म.न.पा. वडा नं. १६ मुरली पोखरी बस्ने वर्ष ३१ को मो. फिरोज मिया राईनले वि.सं. २०७२ साल माघ २९ गते सोही निर्माणाधिन घरमा राती मादक पदार्थ सेवन गरी बिवाद हुँदा ईट्टा तथा फलामको रडले प्रहार गरी हत्या गरी वारदातको समय देखि नै फरार रहि भारतमा लुकिछिपी बसेकोमा हाल काठमाडौं आएको भन्ने बिशेष सूचनाको आधारमा यस केन्द्रीय अनुसन्धान व्यूरोबाट खटिएको बिशेष टोलिले खोजतलासको क्रममा बिहिबार काठमाडौंंको कीर्तिपुर नगरपालिका वडा नं. २ देबढोका स्थितबाट नियन्त्रणमा लिई कानुनी कारवाहीका महानगरीय प्रहरी परिसर ललितपुर पठाईएको छ ।


















