प्रदेश नं २ का मुख्यमन्त्री राउतद्वारा शुभकामना व्यक्त

154

जनकपुरधाम / प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले वसन्त पञ्चमी  तथा सरस्वती पूजाको अवसरमा देश, प्रदेश र विदेशमा रहेका दाजुभाइ, दिदीबहिनीमा हार्दिक शुभकामना व्यक्त गरेका छन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयद्वारा जारी विज्ञप्तिमा उनले वैदिककालदेखि नै ज्ञानज्योतिको रूपमा विद्याकी देवी सरस्वतीको पूजा गरी मनाइँदै आएको यस पर्वको अवसरमा स्रष्टा, सर्जक र साहित्य, सङ्गीत कलासाधक तथा ज्ञान अध्येतामा पनि हार्दिक शुभकामना व्यक्त गरेका छन्।

छोरीको शैक्षिकस्तर उकास्नका साथै सबल र सक्षम बनाउने योजनाका साथ सरकारले ‘बेटी पढाऊ, बेटी बचाऊ’ कार्यक्रमलाई अघि बढाइएको उल्लेख गर्दै मुख्यमन्त्री राउतले विज्ञप्तिमा भनेका छन्, “देवी सरस्वतीले शिक्षा आरम्भ गर्ने बालबालिकसहित सम्पूर्ण छोरीलाई शिक्षा ग्रहण गर्न प्ररित गरुन् ।”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here