सूर्यको हालसम्मकै नजिकको फोटो

130

एजेन्सी / अमेरिकाको वैज्ञानिकहरुले टेलिस्कोपबाट सूर्यको अहिलसम्मकै सबै भन्दा नजिकबाट विस्तृत फोटो खिच्न सफल भएका छन् । यसले उनीहरूलाई निकै उत्साहित बनाएको छ। ुड्यानियल के इनोयु नामको ठूलो सौर्य टेलिस्कोपले सूर्यको अस्थिर सतहको तस्बिर खिचेको हो।
तस्बिरमा सूर्यको सतह सुनका चहकिला टुक्राहरूको थुप्रो जस्तो देखिन्छ। सूर्यको बाहिरी सतहका यी चम्किला तत्व प्लाज्मा भएको वैज्ञानिकहरूले जनाएका छन्। यसभित्र अझै अचम्म बनाउने संरचना र तह भएको पनि उनीहरूले अनुमान गरेका छन्।

‘सूर्यको हालसम्म पाएकोमध्ये यो सबभन्दा गुणस्तरीय तस्बिर हो,’ इनोय टेलिस्कोप परियोजनाका निर्देशक थोमस रिमेलका भनाइ उद्धृत गर्दै द गार्डियनले लेखेको छ,’हामीले पहिले सूर्यको बाहिरी आवरणका आधारमा एक तह मात्र होला भनेर अनुमान गरेका थियौं। हालको यो विस्तृत फोटो हेर्दा यसभित्र थुप्रै संरचना र तह छन् भन्ने संकेत गरेको छ।’

यो टेलिस्कोपको ‘रेजुलेसनु ३० किलोमिटर छ जुन भनेको पहिलेका उत्कृष्ट सौर्य अनुगमन गर्ने टेलिस्कोपहरूको भन्दा दोब्बर हो।

सूर्यको यो नयाँ फोटोमा सुन जस्ता देखिने हरेक टुक्राको आकार फ्रान्स देशको क्षेत्रफल जत्रो भएको वैज्ञानिकहरू जनाउँछन् । यसको तापक्रम करिब ६ हजार सेल्सियस छ।

हरेक टुक्राको बीच भाग वरपरभन्दा चम्किलो छ। यो बीच भाग सूर्यको भित्री तहबाट अत्यधिक रूपमा बाहिर आएको ताप हो। यो सेलाउँदै गएपछि आसपासको भाग जस्तै मधुरो हुन्छ। यत्तिको विवरणले सूर्यको गतिविधि र प्रक्रिया अनुमान अझै सही गर्न मद्दत पुग्ने वैज्ञानिकहरूको विश्वास छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here