काठमाडौं । नेकपा एमालेका प्रभावशाली नेता बामदेव गौतम छुट्टै दल खोल्ने तयारीमा जुटेका छन् । एमाले फुट्ने निश्चितप्रायः भएपछि उनी कुनैपनि समूहमा नलागी अलग समूह बनाएर बस्ने तयारीमा बसेका हुन् ।
नेकपा एकता अभियानको भेलाले ओलीको कदम नसच्चिए एमाले फुट्ने र त्यतिबेला कस्तो कदम चाल्नेबारे समेत छलफल गरी सुझाव दिएको छ । जसमा एक समूहले माधव नेपाल-झलनाथ खनालको समूहमा जोडिन भनेको छ । तर, अधिकांशले एकता अभियानलाई यथावत् राखेर छुट्टै ढंगले बढ्न सम्झाएको छ ।
यसैगरी, नेपाल-खनाल समूहले आयोजना गरेको राष्ट्रिय कार्यकर्ता भेलामा गौतम समूहका केही नेताहरु पनि पुगेका छन् । उनीहरु अवस्थालाई विश्लेषण गरी कदम चाल्ने गरी गौतमलाई सुझाव दिने गरी तयारीमा छन् ।


















