राष्ट्रपतिबाट विद्याकी अधिष्ठात्री सरस्वतीको पूजा आराधना गरी वसन्त पञ्चमी मनाइँदै

140
j;Gtk~rdL cj;/df xg'dfg9f]sf leq/x]sf Gof;n rf]sdf j;Gt>j0f sfo{qmddf ;xefuL kl5 k|;fb u|x0f ug'{ x'b} /fi6«klt ljBfb]jL e08f/L . tl:a/M k|bLk/fh jGt,/f;;

काठमाडौं / राष्ट्रपति विद्यादेवी भण्डारीले हनुमानढोका दरबार क्षेत्रमा गएर वसन्त श्रवण गर्नु भएको छ ।
हनुमानढोका दरबारको नासल चोकमा राष्ट्राध्यक्षले वसन्त श्रवण गर्ने चलन छ । बिहान ९ बजेर ५ मिनेटको साइतमा राष्ट्रपति विद्यादेवी भण्डारीले वसन्त श्रवण गर्नु भएको हो । हनुमानढोका दरबारका पुरोहित देवराज अर्यालले राष्ट्रपतिलाई वसन्त श्रवण गराउनु भएको थियो ।

श्रीमद्भागवत पुराणमा उल्लेख भएअनुसार भगवान श्रीकृष्णको खोजीमा रहेका प्रेमिका राधा लगायतका गोपिनीहरुले वसन्त ऋतुको आगमन भएको भन्दै वसन्त रागमा गाएको गीतलाई वसन्त श्रवणको रुपमा सुन्ने चलन छ ।

नेपालमा राष्ट्राध्यक्ष लगायत सरकार प्रमुख सबैले हनुमानढोका दरबारको नासल चोकमा वसन्त श्रवण गर्ने चलन छ ।

आज वसन्त पञ्चमी अर्थात् विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजाराधना गरि मनाइँदै छ । यो दिनबाट वसन्त ऋतु सुरु भएको मनिन्छ ।

नेपाल लगायत हिन्दू धर्ममा आस्था राख्नेले माघ शुक्ल पञ्चमीको दिनलाई ज्ञान, बुद्धि र विवेक प्राप्तिका लागि सरस्वतीको पूजा गर्ने चलन छ । धार्मिक ग्रन्थ पुराणमा उल्लेख गरिएनुसार माघ शुक्ल पञ्चमीका दिन ब्रह्माले सृष्टिमा देवी सरस्वतीलाई आह्वान गरेपछि सरस्वती अवतरित हुनु भएको विश्वास गरिन्छ ।

देशभरका सरस्वती मन्दिरमा पूजाराधना गर्न श्रद्धालुको भिड लागेको छ । विद्यालय नपठाइएका साना बालबालिकालाई यो दिनदेखि नै अक्षरारम्भ गराउने चलन पनि छ ।

यो दिन लेखपढ गर्न सिकाए राम्रो विद्या आउने जनविश्वास छ । साथै यो दिन विवाह, नयाँ भवनमा बास लगायतका शुभकार्यका लागि साइत हेर्नु नपर्ने मान्यता रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here