जिम सेन्टरमा दम्पतीको ज्यान गयो

118

ललितपुर / ललितपुरको तिखेदेवलमा रहेको जिम सेन्टरमा एक दम्पतीको ज्यान गएको छ ।
तिखेदेवलको विशाल चोकमा रहेको फिट एण्ड फाइन जिम सेन्टरमा साउनाबाथ लिने क्रममा बेहोस भएका हस्तकुमार मगर र उहाँकी श्रीमती नेत्रकुमारी मगरको ज्यान गएको प्रहरीले जनाएको छ । बेहोस अवस्थामा भेटिएका उनीहरुलाई प्रहरीले पाटन अस्पताल पुर्‍याए पनि अस्पतालले मृत घोषणा गरेको महानगरीय प्रहरी परिसर ललितपुरमा प्रवक्ता, प्रहरी नायब उपरीक्षक (डीएसपी) देबेन्द्र पाण्डेले जानकारी दिनुभयो ।

अक्सिजनको कमी हुँदा निस्सासिएर ज्यान गएको प्रारम्भिक अनुमान गरिएको र थप अनुसन्धान भैरहेको प्रवक्ता पाण्डेले जानकारी दिनुभयो । शव पोष्टमार्टमको प्रक्रियामा रहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here