आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

368

काठमाडौं / नुवाकोटकाे ककनी गाउँपालिका-२ बस्ने बुद्धिमान तामाङको घरमा सोमबार बिहान  लागेको आगो सोही ठाउँ बस्ने खड्कसिंह तामाङको घरमा समेत फैलिएर दुवै जनाको घर, अन्नपात, भाँडावर्त्तन र लत्ताकपडा समेत जलि करिब १० लाख रुपैयाँ बराबरको धनमाल नष्टभएको छ ।

धनुषाकाे बिदेह नगरपालिका-५ मुडिबामा कमला नगरपालिका-४ सघरा बस्ने महमद अबिजुल राईनको पार्किङ गरी राखेको ज.१२ प १८१ नम्बरको मोटरसाइकलमा सोमबार बिहान आगलागी हुँदा मोटरसाइकल जलेर नष्ट भएको छ । आगजनी गरेको आशंकामा स्थानीय १ जनालाई सोधपुछका लागी प्रहरीले नियन्त्रणमा लिएको छ । स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here